जब एयरपोर्ट ठानेर जमेको नदीमाथि उत्रियो विमान
काठमाडाैँ। प्रायः प्राविधिक समस्या तथा पाइलटको गल्तीका कारण ठूला-ठूला विमान दुर्घटनाका घटना हुन्छन् । पाइलटले भुलवश कुनै आवासीय क्षेत्रमा वा सडकमा समेत जहाज अवतरण गराएका घटनासमेत दुनियाँमा सुनिन्छ कहिलेकाही। हालै रुसमा एउटा यस्तै घटना भएको छ, जुन सुन्दैमा डरलाग्दो छ ।
समाचार अनुसार पोलार एयरलाइन्सको एउटा जहाज बिहीबार पाइलटको गल्तीका कारण कोलिमा नदीमाथि अवतरण भएको छ । धन्न यात्रीहरुको भाग्य बलियो रहेछ, किनकि जहाज ओर्लिएको उक्त नदी चिसोका कारण पूर्णरुपमा जमेको थियो ।
सो विमानमा ३० जना यात्रु र ४ जना चालकदलका सदस्य थिए । सो घटनामा विमानमा कुनै पनि क्षति पुगेको छैन र कसैलाई पनि चोटपटक लागेको छैन ।
रुसी एयरलाइन्सको विज्ञप्ति अनुसार उक्त जहाज याकुत्स्क-जायर्यंका-स्रेडनेकोलिम्स्क रुटमा उडान भरिरहकेो थियो । एन्टोनोभ २४ फ्लाइट याकुतिना क्षेत्रमा जिर्यंका विमानस्थलको रनवेमा अवतरण गर्नुको साटो नदीमै अवतरण भयो ।
पोलार एयरलान्सका अनुसार बउक्त घटनाको बारेमा रुसको संघीय हवाई यातायात एजेन्सीको क्षेत्रीय विभागले अनुसन्धान गरिरहेको छ ।
प्रारम्भिक जानकारी अनुसार चालक दलका सदस्यको गल्तीका कारण विमान रनवेको साटो जमेको नदीमाथि अवतरण भएको हो ।
उक्त क्षेत्रमा यत्रतत्र बाक्लो हिउँ रहेको र नदी समेत अत्यधिक चिसोका कारण जमेर माथि हिउँ भरिएको कारणले गर्दा जहाज चालकले रनवेको भेउ पाउन नसकेको बताइएको छ ।
इरान–इजरायल तनावबीच ट्रम्पको कडा सन्देश
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
माफी माग्दै नारायणकाजीले भने: सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो
बुधबार बस्दै कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
प्रतिक्रिया