महासागर र वायुमण्डलबारे अध्ययन गर्न नासाको नयाँ जलवायु कार्यक्रम शुरु
नासाले महासागरको जलस्वास्थ्य, वायुको गुणस्तर र मानवताको अनुकूलनताका लागि बदलिँदो मौसमका प्रभावहरू अध्ययन गर्न नयाँ उपग्रह प्रक्षेपण गरेको छ । पेस नाम दिइएको उपग्रह एउटा रकेटमा अमेरिकाको फ्लोरिडामा रहेको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट हिजो प्रक्षेपण गरिएको हो ।
प्रक्षेपण भएको पाँच मिनेटपछि यो उपग्रहबाट सूचना प्राप्त गर्न शुरु गरेको नासाले बताएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । नासाका अनुसार पेस मिसनले साना, प्रायः अदृश्य चीजहरू जस्तै पानीमा शूक्ष्म जीवन र पृथ्वीको सयौँ माइल माथिबाट हावामा शूक्ष्म कणहरूको प्रभावको बारेमा अध्ययन गर्नेछ ।
यस कार्यक्रमबाट स्याटेलाइटको हाइपरस्पेक्ट्रल ओशन कलर इन्स्ट्रुमेन्टले अन्वेषकहरूलाई पराबैंजनी देखिने र नजिकको इन्फ्रारेड प्रकाशको स्पेक्ट्रममा महासागरहरू र अन्य जल गतिविधिको मापन गर्न सहज हुने खबरमा उल्लेख छ ।
यसमार्फत वैज्ञानिकहरू र तटीय स्रोत प्रबन्धकहरूले मत्स्यपालनका लागि पानीको स्वास्थ्य पूर्वानुमान गर्न, हानिकारक लेउहरु निकाल्न र समुद्री वातावरणमा देखिने परिवर्तनहरू पहिचान गर्न डेटा प्रयोग गर्न सक्ने पनि बताइएको छ । स्थानीय, क्षेत्रीय र विश्वव्यापीरूपमा विकसित वायुको गुणस्तर मापन गर्न पनि पेस प्रविधिले सजिलो बनाउने नासाले जनाएको छ ।
इरान–इजरायल तनावबीच ट्रम्पको कडा सन्देश
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
माफी माग्दै नारायणकाजीले भने: सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो
बुधबार बस्दै कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
प्रतिक्रिया