महिलाको झोलामा १३० वटा विषालु भ्यागुता भेटिए
काठमाडौँ, माघ २२। सोमबार कोलम्बियाली प्रहरीले वन्यजन्तु तस्करीको आरोपमा राजधानी बोगोटाको विमानस्थलबाट एक महिलालाई पक्राउ गरेको छ ।
महिलाको झोलामा १३० वटा विषालु भ्यागुता भेटिए । ग्रे मार्केटमा यस्तो भ्यागुता को मूल्य १ हजार डलर छ। कोलम्बियाका अधिकारीहरूले ती भ्यागुताहरूलाई अत्यन्तै कमजोर अवस्थामा राखिएको बताएका छन्।
झोलाको सुरक्षा जाँचपछि त्यसमा भ्यागुता फेला परेको थियो । पानी नहुँदा भ्यागुताको अवस्था राम्रो थिएन । पक्राउ परेकी महिला ब्राजिलकी बासिन्दा हुन् र पानामा हुँदै साओ पाउलो गइरहेका थिए ।
महिलाका अनुसार यी भ्यागुताहरू उनलाई दक्षिणी कोलम्बियाको एक समुदायले उपहार दिएका हुन् । यिनीहरूलाई हार्लेक्विन फ्रगहरू भनिन्छ, जसलाई पोइजन डार्ट फ्रगहरू पनि भनिन्छ।
यी भ्यागुताको आकार मानिसको औँलाभन्दा सानो हुन्छ। उनीहरूको छालाको ग्रन्थीबाट निकै खतरनाक विष निस्कन्छ । स्थानीयले ती भ्यागुताको छालाको ग्रन्थीमा सुई लगाएर विष निकाल्ने गर्छन् । यो विषले साना जनावरहरू मारिन सक्छ। यी लोपोन्मुख भ्यागुताहरू इक्वेडर र कोलम्बिया बिचको जंगलमा पाइन्छ।
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
प्रतिक्रिया