आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु
चिलीको जंगलमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ।
त्यहाँका राष्ट्रपति गैब्रिएल बोरिकले बताएअनुसार मध्य चिलीको वालपराइसो क्षेत्रको जंगलमा भएको आगलागीमा उनीहरुको मृत्यु भएको छ। मृतकको संख्या अझै बढ्न सक्ने आशंका छ।
समुद्र किनारमा बसेको सहर विना डेल मार आसपासका मानिस सबैभन्दा बढी प्रभावित भएका छन्। उद्धार तथा राहतकर्मीहरु आगलागी प्रभावित क्षेत्रमा खटिएका छन्। विना डेल मार सहरका मेयरका अनुसार त्यहाँका २ सयभन्दा बढी मानिस बेपत्ता छन्।
देशभर ४३० वर्ग किलोमिटरभन्दा बढी आगलागीबाट प्रभावित भएको छ। अत्यधिक गर्मीमा तीव्र हावा चल्दा आगो फैलिएको बताइएको छ।
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
माफी माग्दै नारायणकाजीले भने: सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो
बुधबार बस्दै कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
पोखरा लेकसाइडका २ क्यासिनोमा प्रहरीको ‘सर्च अपरेसन’
प्रतिक्रिया