जहाजमै पति–पत्नीको झगडा भएपछि बैङ्कक जाँदै गरेको विमान दिल्लीमा अवतरण
काठमाडौं । यात्रीको उद्दण्ड व्यवहारका कारण जर्मनीको म्युनिखबाट थाइल्याण्डको बैङ्ककका लागि उडेको लुफ्थान्साको विमान बुधबार दिल्लीमा आकस्मिक अवतरण गरेको छ ।
जहाजमा पति–पत्नीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण वातावराण बनेपछि जहाजलाई दिल्लीमा अवतरण गराइएको हो । पति–पत्नीबीचको झगडाको कारण खुल्न सकेको छैन ।
विमानले सुरुमा पाकिस्तानको निकटवर्ती विमानस्थलमा अवतरण गर्ने अनुमति मागेको थियो तर अज्ञात कारण पाकिस्तानले अवतरणको अनुमति नदिएपछि जहाजलाई दिल्लीमा अवतरण गराइएको हो ।
अवतरण लगत्तै झगडा गर्ने पति पत्नीलाई विमानस्थलको सुरक्षा निकायले नियन्त्रणमा लिएको थियो ।
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
माफी माग्दै नारायणकाजीले भने: सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो
बुधबार बस्दै कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
पोखरा लेकसाइडका २ क्यासिनोमा प्रहरीको ‘सर्च अपरेसन’
प्रतिक्रिया