पाँच श्रीमतीको बलात्कारबाट श्रीमानको गयाे ज्यान
काठमाडाैँ। श्रीमानद्वारा श्रीमतीमाथि गरिएका शोषण, यौनहिंसाजस्ता अत्याचारका समाचार यत्रतत्र सुनिन्छन् । महिलालाई कमजोर ठानेर अन्याय गर्ने प्रचलन विश्वभर नै रहेको पाइन्छ । बलात्कारको मामलामा पनि अधिकांशतया पुरुषले महिलामाथि नै ज्यादति गरेका हुन्छन् ।
यस्तो परिवेशमा नाइजेरियामा भने अलिक दुर्लभ प्रकारको घटना घटेको समाचार प्रकाशमा आएको छ । नाइजेरियाको अखबार ‘डेली पोस्ट’मा प्रकाशित समाचारअनुसार पाँचवटी श्रीमतीले लगातार बलात्कार गर्दा एक करोडपति व्यवसायीको ज्यान गएको छ ।
बताइएअनुसार युरोको आनोजा नामका ती पुरुषका ६ श्रीमतीमध्ये सबभन्दा कान्छीसँग विशेष लगाव थियो । आनोजाले कान्छी पत्नीसँग मात्र समय बिताउने गरेबाट अन्य पाँच श्रीमती रुष्ट थिए ।
करिब दुई साताअघिको घटनाअनुसार कान्छी श्रीमतीसँग आनोजा विलासमा लिप्त रहेको बेला पाँच श्रीमती लाठी–छुरा बोकेर कोठामा प्रवेश गरे र आफूहरूसँग पनि यौन संसर्ग गर्नुपर्ने भन्दै धम्क्याए । श्रीमतीहरूबाट गरिएको आकस्मिक हमलाको शुरुमा त उनले प्रतिवाद गर्न खोजे, तर उनको कुनै जोड चलेन ।
श्रीमतीहरूले श्रीमानलाई कब्जामा लिए र कान्छीसँग शुरु गरिएको यौनप्रक्रियालाई आफूहरूसँग निरन्तरता दिन आदेश दिए । वरिष्ठताको आधारमा पालैसँग पाँचैजनालाई यौन सन्तुष्टि दिनुपर्ने उनीहरूको माग थियो ।
श्रीमतीहरूको आदेशअनुसार आनोजाले पनि सक्रियता त दर्शाए, तर उनी शिथिल बनिसकेका थिए । पीडा र शिथिलताका बाबजुद पाँचौँ श्रीमतीसँग जबर्जस्ती सम्भोगरत रहेकै बेला उनको प्राणपखेरू उड्यो ।
यसरी जबर्जस्ती यौनक्रिया गर्न लगाउँदा श्रीमानको मृत्यु भएपछि पाँचै श्रीमतीहरू जङ्गलतर्फ भागे । पछि गाउँप्रमुख ओकेपे ओदोहको पहलमा प्रहरी लगाएर तिनीहरूलाई पक्राउ गरिए पनि मुख्य योजनाकार ठहरिएका दुई श्रीमतीलाई मात्र सजायको भागीदार बनाइयो ।

खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
प्रतिक्रिया