जापानको एनिमेसन स्टुडियोमा आगजनी गर्ने एक पुरुषलाई मृत्युदण्डको सजाय
काठमाडाैँ। चर्चित क्योटो एनिमेसन स्टुडियोमा सन् २०१९ मा आगजनी गरेको आरोपमा जापानको अदालतले एक ४५ वर्षीय पुरुषलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
जापानमा २० वर्ष यताकै सबैभन्दा ठुलो सामूहिक हत्याकाण्डको यो घटनामा ३६ जनाको मृत्यु भएको थियो ।
एनएचकेका अनुसार सिन्जी आओबामाथि प्रहरीले हत्या र आगजनीको मुद्दा दायर गरेको थियो । आओबाले स्टुडियोमाथि आफ्नो काम चोरी गरेको आरोप लगाउँदै आफूले इन्धन छर्केर स्टुडियोमा आगजनी गरेको प्रहरीसमक्ष बयान दिएका थिए । उनलाई क्योटो जिल्ला अदालतले बिहीबार दोषी करार गरेको हो ।
आगलागीको समयमा तीन तले भवनमा दर्जनौँ मानिस काम गरिरहेका थिए । आगो यति चाँडो फैलियो कि धेरैले त्यहाँबाट भाग्न समय पनि पाएनन् । मारिनेमा सबै त्यहाँका कामदार थिए । घटनामा थप ३२ जना घाइते भएका थिए । आफ्नो फैसला सुनाउँदै न्यायाधीश केसुके मासुदाले आओबाको अपराधलाई ‘अमानवीय’ भएको बताए ।
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
प्रतिक्रिया