हैजाका कारण जाम्बियामा पुनः स्कुल खोल्न ढिलाइ
हैजाको प्रकोपका कारण जाम्बियाले बुधबार दोस्रो पटक स्कुलको वर्षको सुरुआत स्थगित गरेको छ । मुलुकमा हैजाका कारण पाँच सयभन्दा बढीको ज्यान गएको छ ।
दक्षिणी अफ्रिकी मुलुक जाम्बियामा पहिला स्कुल जनवरी ८ मा खोल्न लागिएको थियो तर गत साता सरकारले मिति सारेर जनवरी २९ बनाएको थियो । सरकारले बुधबार हैजाको मामिलाको बढ्दो सङ्ख्यालाई उद्धृत गर्दै स्कुल खोल्न अझ ढिलाइको घोषणा गरेको छ ।
शिक्षामन्त्री डगलस स्याकालिमाले प्रकोपको केन्द्र राजधानी लुसाकामा पत्रकार सम्मेलनमा भन्नुभयो, “शिक्षा मन्त्रालयलाई स्कुल खोल्ने मिति सन् २०२४ फेब्रुअरी १२ सम्म स्थगित गर्नका लागि निर्देशन दिइएको थियो ।”
हैजा सामान्यतया दूषित खाना वा पानीबाट फैलिने ब्याक्टेरियाबाट फैलिन्छ । जाम्बिया अक्टोबरदेखि यो घातक रोगको फैलावटसँग लडिरहेको छ ।
स्वास्थ्यमन्त्री सिल्भिया मासेबोले मुलुकमा पछिल्लो २४ घन्टामा चार सय ३८ नयाँ मामिला र छ जनाको मृत्यु भएको जानकारी दिनुभयो । हालसम्म कूल पाँच सय १८ जनाको हैजाले मृत्यु भएको छ ।
गत साता यो प्रकोपसँग मुकाबिला गर्नका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) सँग हैजा खोपको दस लाखभन्दा धेरै मौखिक खुराकको पहिलो खेप प्राप्त भएको छ । मासेबोका अनुसार १४ लाख मानिसलाई खोप प्रदान गरिएको छ ।
मन्त्रालयले हैजाको फैलावट रोक्नका लागि कदमसमेत चालेको छ । हैजाबाट मृत्यु भएका व्यक्तिको अन्त्येष्टिमा उपस्थित हुनेहरूको सङ्ख्या पाँचमा सीमित गरिएको छ ।
डब्लुएचओले हालैका वर्षहरूमा विश्वभरमा हैजाको बिरामीहरूको बढ्दो सङ्ख्याप्रति चिन्ता व्यक्त गरेको छ । यसको असर अफ्रिकामा परेको छ ।
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
माफी माग्दै नारायणकाजीले भने: सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो
बुधबार बस्दै कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
पोखरा लेकसाइडका २ क्यासिनोमा प्रहरीको ‘सर्च अपरेसन’
प्रतिक्रिया