रुसी विमान युक्रेनको सीमा नजिक दुर्घटना
एक रुसी विमान युक्रेनको सीमा नजिक दुर्घटना भएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार इल्युशिन–७६ नामको सैन्य विमान युक्रेनको नजिक पर्ने बेलगोरोद प्रान्तको याबलोनोवो गाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा विमानमा सवार सबै ७४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । रुसी अधिकारीहरूका अनुसार विमानमा ६५ युक्रेनी बन्दी, ६ जना चालक दलका सदस्य र ३ जना गार्ड थिए ।
विमान युक्रेनले खसालेको रुसले आरोप लगाएको छ । यसबारे युक्रेनले भने कुनै प्रतिक्रिया दिएको छैन ।युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले भने पश्चिमी रुसमा भएको घातक विमान दुर्घटनापछि मस्कोले युक्रेनी कैदीहरूको जीवनसँग खेलवाड गरेको आरोप लगाएका छन् ।
युक्रेनको सीमा नजिकै बेल्गोरोड क्षेत्रमा बुधबार भएको दुर्घटनापछि उनले अन्तर्राष्ट्रिय छानबिनको माग गरेका छन् ।
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
प्रतिक्रिया