जापान भूकम्पमा ज्यान गुमाउनेको संख्या ८२ पुग्यो

काठमाडाैँ। जापानमा शक्तिशाली भूकम्पमा परी निधन हुनेहरुको संख्या ८२ पुगेको छ । भूकम्पमा परी ८० जना अझै बेपत्ता रहेको बताइएको छ ।

नयाँ वर्षको दिन जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पलै सबैभन्दा बढी इशिकावा प्रिफेक्चर र आसपासका क्षेत्रमा प्रभाव पारेको थियो । २ सय बढी घरहरु ध्वस्त भएका छन् ।

इशिकावाको मध्य जापानी प्रीफेक्चरले ८२ जनाको मृत्यु भएको र ८० अझै बेपत्ता रहेको रिपोर्ट गरेको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले बिहीवार आपतकालीन विपद् प्रतिक्रिया मुख्यालयको बैठकमा विपद्को पहिलो ७२ घण्टाभित्र जीवन बचाउने प्रयास र लाइफलाइन आपूर्तिलाई अधिकतम बनाउन सबै उपलब्ध स्रोत परिचालन गर्न अधिकारीहरूलाई आग्रह गरेका थिए।

सोमवार इशिकावाको नोटो क्षेत्रमा ७.६ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो ।