दक्षिणी भानुआतुमा आज ७.१ म्याग्निच्युडको भूकम्प
काठमाडाैँ। दक्षिणी भानुआतुमा आज ७.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ। भूकम्पका कारण सुनामीको चेतावनीसमेत जारी गरिएको छ।
युएसजिएसले प्रारम्भमा ७.३ म्याग्निच्युडको भूकम्प र ३५ किलोमिटर गहिराइमा गएको सूचना दिएको थियो, तर तुरुन्तै आफ्नो भनाइलाई संशोधन गरेको छ।
उसका अनुसार ग्रिनविच मिनटाइमअनुसार १२ः५६ मा ४८ किलोमिटर गहिराइमा इसांगेल सहरबाट करिब एक सय २३ किलोमिटर दक्षिणमा र राजधानी पोर्ट भिलाबाट तीन सय ३८ किलोमिटर टाढा भूकम्प गएको छ।
प्रशान्त सुनामी चेतावनी केन्द्रले भनेको छ, ‘यो भूकम्पका खतरनाक छालहरू भानुआतु र न्यु क्यालेडोनियाको तटमा केन्द्रविन्दुको तीन सय किलोमिटरभित्र आउन सक्छन्।’ भूकम्पबाट क्षतिको तत्काल कुनै समाचार आएको छैन।
तीन लाख २० हजार जनसंख्या भएको तल्लो द्वीप समूह भानुआतुमा भूकम्प जानु सामान्य हो। यो भूकम्पीय रिङ अफ फायरमा फैलिएको छ। दक्षिणपूर्वी एसिया र प्रशान्त बेसिनसम्म फैलिएको रिङ अफ फायर तीव्र टेक्टोनिक गतिविधिको चाप हो।
नोभेम्बरमा उत्तरी भानुआतुमा ६.७ म्याग्निच्युडको भूकम्प गएको थियो। वार्षिक विश्व जोखिम प्रतिवेदनअनुसार भानुआतु भूकम्प, आँधीको क्षति, बाढी र सुनामीजस्ता प्राकृतिक प्रकोपका लागि अतिसंवेदनशील देशहरूमध्ये एक हो।
कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान नौ दशमलव २२ प्रतिशत रहने अनुमान
पूर्वअर्थमन्त्रीहरुका सुझावः आर्थिक सुधारदेखि खर्च कटौतीसम्मका विषयमा जोड
अमेरिकी डलरको विनिमयदर हालसम्मकै उच्च मूल्यमा स्थिर रहँदा धेरैजसो विदेशी मुद्…
सरकारी कर्मचारीलाई १५ दिनमा तलब भुक्तानी सुरु भयो
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
रोयल्टीमा स्थानीय तहको हिस्सा बढाउन नयाँ सुत्र कार्यान्वयनमा ल्याउने निर्णय (पूर्…
प्रतिक्रिया