इराकमा बन्दुकधारीको आक्रमणबाट ११ को मृत्यु
इराकको पूर्वी प्रान्त दियालामा बिहीबार अज्ञात बन्दुकधारीहरूले सर्वसाधारणको एउटा कारमा आक्रमण गर्दा ११ जनाको मृत्यु भएको र अन्य नौ जना घाइते भएको एक सुरक्षा अधिकारीले बताएका छन् ।
दियाला प्रान्तीय कमान्ड अला अल–सादीका अनुसार इराकी राजधानी बगदाददेखि करिब ९० किलोमिटर उत्तरपूर्वी सहर बजिहियिा नजिकैको एउटा गाउँमा उक्त कार सडक किनारामा राखिएको बमसँग ठोक्किएको थियो । त्यसपछि कारमा अज्ञात बन्दुकधारीहरूले गोली चलाएका थिए ।
कारमा भएको दोहोरो हमलामा उनीहरूको मृत्यु भएको अल–सादीले बताउनुभयो । घाइतेमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । जातीयरूमा मिश्रित दियाला प्रान्तले सन् २००३ पछिका वर्षहरूमा कुर्दिश, सुन्नी र सिया समुदायहरूबीचको अशान्ति र छिटपुट हिंसाको सामना गरिरहेको छ ।
आतङ्कवादी समूह इस्लामिक स्टेट (आइएस) का केही अवशेषहरूले समयसमयमा सर्वसाधारण र इराकी सुरक्षा बलविरुद्ध हमला गर्दै आएका छन् । उनीहरू दियाला प्रान्तको पूर्वी भाग र प्रान्तको उत्तरमा रहेको हिमरिन पहाडी क्षेत्रमा सङ्गठित भएका छन् ।
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
प्रतिक्रिया