लुट्न गएको चोर निदाएपछि...
काठमाडौं। चीनमा एक चोर लुट्ने क्रममा निदाएपछि पक्राउ परेका छन् । लुट्ने क्रममा निदाएका ती चोर ठूलो स्वरले घुरेपछि घरधनी नै ब्युँझिएका थिए ।
दक्षिणपश्चिम चीनको युनान प्रान्तको एक घरमा ती लुटेरा प्रवेश गरेका थिए । घरभित्र मानिस बोलेको सुनेपछि आत्तिएका लुटेरा घरधनी सुतेपछि लुट्ने भन्दै छुट्टै कोठामा लुकेका थिए । ती लुटेरा त्यसपछि चुरोट सेवन गरेर सुतेको बताइएको छ ।
आफ्नो सानो बच्चासँग सुतेकी ताङ उपनामकी घरधनी घुरेको ठूलो स्वरले ब्युँझिएकी थिइन् । छिमेकीबाट आएको आवाज होला भनेर सुरुमा उनी सुतेकी थिइन् ।
तर, ४० मिनेटपछि बच्चाको दूधको बोतल धुन सुत्ने कोठाबाट निस्किँदा उनले चर्को आवाज सुनिन् । त्यसपछि कोठाको ढोका खोल्दा एक अपरिचित पुरुष भुइँमा सुतिरहेको देखेर उनी छक्क परिन् ।
त्यसपछि घटनाबारे घरका अरु सदस्यलाई पनि भनेकी थिइन् र प्रहरी बोलाइएको थियो । चोरी गर्न खोजेका याङ उपनाम गरेका व्यक्ति पहिले पनि जेल गएको र गत सेप्टेम्बरमा जेलमुक्त भएको बताइएको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
प्रतिक्रिया