सुरुङ मार्ग भासिने डरले उत्तराखण्ड फसेका ४१ भारतीयको उद्धार कार्यमा अवरोध
सडक सुरुङमा फसेका ४१ जनालाई उद्धार गर्ने प्रयासलाई भारतीय उद्धारकर्ताहरूले शनिबार रोकेका छन् । उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङको केही भाग भत्किएपछि आइतबारदेखि स्काभेटरले सुरुङको भग्नावशेष हटाइरहेका छन् ।
एक हप्ता लामो उद्धार कार्यका क्रममा जमिन भासिएर ठूलो मात्रामा ढुङ्गा र माटो निरन्तर खसेपछि र महत्वपूर्ण हेभी ड्रिलिङ मेशिनहरू बारम्बार बिग्रिएका कारण उद्धारको काम सुस्त भएको थियो ।
शनिबार वरिष्ठ स्थानीय सरकारी कर्मचारी अभिषेक रुहेलाले फसेका व्यक्तिको सङ्ख्या ४१ रहेको पुष्टि गर्नुभएको छ । यो सङ्ख्या निर्माण कम्पनीले रिपोर्ट गरेको भन्दा एक जना बढी हो ।
सरकारको राजमार्ग तथा पूर्वाधार कम्पनी एनएचआईडीसीएलले शुक्रबार अबेर एक्कासि आएको आवाजले सुरुङमा त्रासको स्थिति सिर्जना गरेको र थप जमिन भासिने खतरा देखिएकोले उद्धार काअर्य अवरूद्ध भएको छ ।
उद्धारकर्ताहरूले रेडियोको प्रयोग गरेर फसेका व्यक्तिहरूसँग कुराकानी गरिरहेका छन् । भारतीय सञ्चारमाध्यमले स्थानब्ीय अधिकारीलाई उद्धृत गरी सम्प्रेषित समाचारमा खाना, पानी, अक्सिजन र औषधि पनि ६ इन्च चौडा (१५ सेन्टिमिटर) पाइपमार्फत पठाइएको तर भित्र फसेकाहरू निराश भएको उल्लेख गरिएको छ ।
“हामी उनीहरूको स्वास्थ्यको बारेमा सोधपुछ गरिरहेका छौं”, उद्धार टोलीका एक सदस्य मोहम्मद रिजवानले टाइम्स अफ इन्डियासँग भन्नुभयो, “तर तिनीहरू सबैको एउटै मात्र प्रश्न छः ‘तपाईं हामीलाई कहिले बाहिर ल्याउनुहुन्छ?’”
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
प्रतिक्रिया