कर्णाली प्रदेशमा आज शोक बिदा

कर्णाली प्रदेश सरकारले जाजरकोटमा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरुको स्मृतिमा आज शोक मनाउने भएको छ ।

शनिबार बसेको प्रदेश सरकारको बैठकले आइतबार शोक मनाउने निर्णय गरेको हो । प्रदेश सरकारले भूकम्पपीडितहरुलाई सहयोग गर्नसमेत आह्वान गरेको छ । शुक्रबार मध्यराति जाजरकाेट केन्द्र भएर ६.४ रेक्टर स्केलकाे भूकम्प गएपछि कर्णाली प्रदेशमा भाैतिक र मानवीय क्षति धेरै भएकाे थियाे ।