भारतको आन्ध्र प्रदेशमा रेल ठोक्किएर दुर्घटना हुँदा ९ जनाको मृत्यु
काठमाडौँ। भारतको आन्ध्र प्रदेशको भिजियानगरम जिल्लामा दुईवटा यात्रुवाहक रेल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
रेल दुर्घटनामा परि करिब ४० यात्रु घाइते भएको जनााइएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
मृतकका लागि क्षतिपूर्ति घोषणा गरिएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगनमोहन रेड्डीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
सो दुर्घटना पर्ने रेलहरुमा ०८५३२ विशाखापट्टनम– पलासा यात्री र ०८५०४ विशाखापट्टनम– रायगडा यात्री विशेष रहेको रेलवेले जनाएको छ।
उक्त दुर्घटनाका कारण धेरै रेलको रुट परिवर्तन गर्नुपरेको थियो । यो रेल दुर्घटना भएको लाइन हावडा–चेन्नई लाईन भनिन्छ। अहिले रेलमार्ग सफा गर्ने काम भइरहेको छ ।
रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु
भक्तपुरमा मजदुर बोकेको ट्र्याक्टर दुर्घटना : २ को मृत्यु, ९ जना घाइते
स्कुलबसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
अफगानिस्तानमा ट्रक पल्टिँदा १८ जनाको मृत्यु
जिप दुर्घटनामा एक जनाको मृत्यु
टिप्परको ठक्करबाट १ जनाको मृत्यु
प्रतिक्रिया