कर्णाली राजमार्गमा १२ नयाँ पक्की पुलको निर्माण सम्पन्न
गत आर्थिक वर्षमा कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक) मा १२ वटा पक्की पुलको निर्माण सम्पन्न भएको छ ।
सडक डिभिजन कार्यालय सुर्खेतले आव २०७३/७४ देखि निर्माण थालिएका ती पुलहरु गत वर्ष सम्पन्न भएको जनाएको छ । कर्णाली राजमार्गका अधिकांश स्थानमा पक्की पुल नहुँदा यात्रुले लामो समयदेखि सास्ती भोग्नुपरेको थियो । पुल नहुँदा वर्षातका बेला यात्रुलाई जोखिम बढेको थियो ।
सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय अन्तर्गतको सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनीयर तुलाराम शर्माले २०७४ साल जेठदेखि निर्माण थालिएका ती पुलहरुमध्ये तिलाखोलाबाहेक सबै पुलहरु २०७७ साल पुस मसान्तमै सम्पन्न भएको जानकारी दिए । तिलाखोला पुल २०७५ असारमा सम्झौता भई २०७८ जेठमा सम्पन्न भएको हो ।
सडक डिभिजन कार्यालयका अनुसार कर्णाली राजमार्गमा कुवाखोला, कालेखोला, पाल्तडा, कानेगाड, गुहेगाड, दहीखोला, तिला खोला, छिडेना खोला, सिञ्जा, पातले खोला, लुम्चडी र माटेखोलामा पुल निर्माण पूरा भएका हुन् । रु ४२ करोड ४५ लाख ४९ हजार ४४४ लागतमा ती पुलहरु निर्माण भएको कार्यालयले जनाएको छ । इन्जिनीयर शर्माले पुल निर्माणका साथै अधिकांश स्थानमा राजमार्ग मर्मत सुधार गर्ने कार्य सम्पन्न भएको बताए। नाली खोल्नाका साथै भत्केको पर्खाल लगाउने, पहिरो पन्छाउनेजस्ता कार्य समयमै भएकाले यसपटकको वर्षातमा राजमार्ग अवरुद्ध नभएको उनको भनाइ छ ।
हर्क साम्पाङले मागे अर्थमन्त्री वाग्लेको राजीनामा
कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान नौ दशमलव २२ प्रतिशत रहने अनुमान
पूर्वअर्थमन्त्रीहरुका सुझावः आर्थिक सुधारदेखि खर्च कटौतीसम्मका विषयमा जोड
अमेरिकी डलरको विनिमयदर हालसम्मकै उच्च मूल्यमा स्थिर रहँदा धेरैजसो विदेशी मुद्…
सरकारी कर्मचारीलाई १५ दिनमा तलब भुक्तानी सुरु भयो
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया