यसरी थाहा पाउनुहोस् तपाईको इम्युनिटी स्ट्रंग छ कि कमजोर

कोरोनाको दोश्रो लहरले ती व्यक्तिलाई सबभन्दा बढी प्रभावित गरेको छ जसको इम्युनिटी कमजोर छ । डाक्टर र वैज्ञानिकको भनाई छ कि इम्युनिटी कमजोर हुँदा कोरोनाको खतरा बढी हुन्छ । जसको इम्युनिटी मजबुत छ उनीहरु चाँडो बिरामी हुँदैनन् । यदि हाम्रो इम्युनिटी राम्रो छ भने हामीलाई कैयौं बिरामीबाट बचाएर राख्छ । सेतो रक्तकोशिकाहरु, एंटीबडीज र अन्य कैयौं तत्वद्वारा हाम्रो इम्यन सिस्टम बन्दछ । यस्तोमा जसको इम्युन सिस्टम कमजोर हुन्छ उनीहरु चाँडै बिरामी हुन्छन । जबदेखि कोरोना महामारी दुनियाँमा आयो मानिसहरु आफ्नो इम्युनिटी बढाउनको लागि विभिन्न उपायहरु गरिरहेका छन् । यस्तोमा मानिसहरुको मनमा यो प्रश्न आउँछ कि हाम्रो इम्युन सिस्टम बलियो छ कि कमजोर कसरी थाहा पाउने ? आउनुस् हामी तपाईहरुलाई भन्छौं यो कसरी थाहा पाउनेः

कसरी थाहा पाउने इम्युन सिस्टम स्ट्रगं छ कि कमजोर :
-यदि तपाईलाई चाँडो रुखा, खोकी लाग्दछ र चाँडै बिरामी हुनुहुन्छ भने सम्झनुस् कि तपाईको इम्युनिटी कमजोर छ ।
- कमजोर इम्युन सिस्टम भएको व्यक्ति मौसम बदल्ने बित्तिकै केही न केही समस्याबाट घेरिन थाल्दछन् ।
-यसको अलावा तपाईलाई यदि कुनै खानपानबाट चाँडै इन्फेक्सन हुन्छ भने पनि तपाईको इम्युनिटी कमजोर छ ।

कमजोर इम्युनिटीको चिन्हहरु
-आँखाको तल काला घेरा हुनु
-बिहान जाग्दा ताजा महशुस नहुनु
-दिनभर एनर्जी लेवल कम हुनु
-कुनै पनि चीजमा ध्यान नलाग्नु
-अक्सर पेटको समस्या रहनु
-स्वभावमा चिडचिडाहट रहनु
-चाँडै बिरामी हुनु
-चाँडै थाक्नु र शरीर ढिलाढिला रहनु ।

स्ट्रग इम्युनिटीको पहिचान
-स्ट्रग इम्युनिटी भएको व्यक्ति विना औषधि कैयौं प्रकारका संक्रमण र बिरामीबाट आफै ठीक हुन्छन् ।
-स्ट्रग इम्युन सिस्टम भएको व्यक्ति भाइरल र अरु कैयौं प्रकारका इन्फेक्सनबाट आफूलाई बचाउँछन् ।
-जुन व्यक्तिको इम्युनिटी स्ट्रंग हुन्छ तिनीहरुलाई रुखाखोकीले चाँडै असर गर्दैन ।
-स्ट्रग इम्युनिटी भएको व्यक्तिको शरीरमा यदि कुनै घाउ वा चोट लाग्दछ भने उनीहरु चाँडै ठीक हुन्छन् ।

इम्युनिटी बढाउनको लागि के खाने ?
-इम्युनिटी बुस्ट गर्नको लागि तपाईले भिटामीन सीले भरिएको फलफूल जस्तो कि सुन्तला, कीवी, आँप, अमरुद र कागती जस्ता फलफूल खानुपर्दछ ।
-इम्युन सिस्टमलाई मजबुत बनाउनको लागि गर्मीमा दही खानुहोस् । दहीमा भिटामीन डी हुन्छ जसबाट इम्युन सिस्टम मजबुत हुन्छ ।
-इम्युनिटी बढाउनको लागि ब्रोकाउली खानुहोस् । यसमा फाइटोकेमिकल्स र एटीअक्सिडेन्ट गुण हुन्छ जसबाट इम्युनिटी बढ्दछ ।
-कीवीमा एन्टी अक्सिडेन्ट र भिटामीन ईको राम्रो मात्रा हुन्छ जसबाट इम्युनिटी मजबुत हुन्छ ।