अवैध लागूऔषध सहित पक्राउ
तनहुँ -
आँबुखैरेनी गाउँपालिका ४ मुग्लिन पुलबाट अवैध लागूऔषध गाँजा करिब २ केजी ३ सय ग्राम सहित कास्की रुपा गाउँपालिका ५ बस्ने २५ वर्षीय तेज बहादुर गुरुङ समेत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त पुल नजिक सडकमा रोकी राखेको ग १५ प ६६४० नम्बरको मोटरसाइकल ईलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार गुरुङलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारेपछि तथा निजसँगै रहेका अन्य ३ जनालाई समेत प्रहरीले पक्राउ गरेको हो ।
कैलाली-
धनगढी उपमहानगरपालिका ८ डेरा गरी बस्ने बैतडी पाटन नगरपालिका ३ घर भएका २९ वर्षीय रबिन पाण्डेयलाई अवैध लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ करिब ४ सय ५० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको डेरा कोठामा लागूऔषध लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
छुवाछूतका घटनाप्रति नेता आङदेम्बे चिन्तित
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
२१ करोड सम्पत्ति शुद्धीकरण मुद्दा: ४० वकिलको बहसपछि पनि टिकटकर तुलसी अधिकारी…
राप्रपा नेता लोहनीले छाडे पार्टी
मालिकार्जुनका केही बस्तीमा अझै पुगेको छैन खानेपानी, ‘पानी देऊ’ भन्दै बित्दैछ…
राष्ट्रपति कार्यालयबाट चोरिएका हात्तीका दाह्रासहित ५ जना पक्राउ, लागुऔषध पनि ब…
ओलीको आक्रोश: आगो लगाएर खरानी बनाएको ठाउँमा मेरो सम्पत्ति विवरण माग्ने ? खरा…
प्रतिक्रिया