विदेश पढ्न जानेबाट बाहिरियो १० अर्ब ७५ करोड

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना साउनमा विदेश पढ्न जाने विद्यार्थीले करिब ११ अर्ब लगेका छन् ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको 'नेपालको वर्तमान आर्थिक तथा वित्तीय विवरण'अनुसार शिक्षातर्फको व्यय १० अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय सात अर्ब १३ करोड रुपैयाँ रहेको थियो ।