वाइवाइ चाउचाउ उत्पादक चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना

काठमाडौं महानगरपालिकाले वाइवाइ चाउचाउ उत्पादक चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ। 

गुणस्तरहीन चाउचाउ भेटिएपछि कृषि तथा पशुपक्षी विभागले जरिवाना गराएको हो। 

बजार व्यवस्थापन तथा अनुगमन ऐन, ०७७ को दफा २९ को खण्ड ‘घ’बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’बमोजिम जरिवाना गरेको हो। कम्पनीलाई सात दिनभित्र जरिवाना बुझाउन महानगरले निर्देशन दिएको छ।

महानगरपालिकाको वडा ६, सरस्वती नगरको किराना पसलबाट २ वैशाखमा चाउचाउ जफत गरिएको थियो र परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो। 

परीक्षणमा कैफियत भेटिएपछि महानगरले कारबाही गरेको हो।