वर्णन मिडिया व्रिफिङ: यस्तो छ आज दिनभरका ताजा खबरहरु

प्रचण्डले किन लाखौं जनता सडकमा उतार्ने कुरा गरे?

समाजवादी मोर्चाले आइतबार हेटौंडामा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीयता र गणतन्त्रमाथि प्रतिक्रियावादीहरुले प्रहार गरिरहेको भन्दै त्यसविरूद्ध जनता सडकमा उतार्ने बताएका हुन् ।

https://barnanmedia.com/detail/1694471132-l-l-u-vu-23-09-12

छोटियो प्रधानमन्त्रीको अमेरिका भ्रमण टोली,अब कति जना जाँदैछन?

।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमण टोली घटाउन निर्देशन दिएका छन् ।उनले प्रधानमन्त्री कार्यालयबाट अमेरिका भ्रमणका लागि जान भनेर यसअघि निर्णय गरिएका २४ जनाको संख्या घटाएर ५ सदस्यीयमात्रै बनाउन मुख्यसचिव बैकुण्ठ अर्याललाई निर्देशन दिएका हुन्।

https://barnanmedia.com/detail/1694471789-a-lab-jv-23-09-12

अर्थमन्त्रीले विमानस्थल भन्सारका कर्मचारीको सेट नै फेर्ने हिम्मत गर्लान ?

गत महिना मोटरसाइकलको ब्रेकसुका नाममा ६० किलो सुन ल्याउँदा भन्सारले पास गरेको थियो । पछि राजस्व अनुसन्धान विभागले जफत गरेपछि भेद खुल्यो विमानस्थल र भन्सारका कर्मचारीको मिलेमतो विना कसरी सुन आयात हुन्छ । यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले अनुसन्धान गरिरहेको छ । भन्सारका कर्मचारी पनि पक्राउ परेका छन् ।

https://barnanmedia.com/detail/1694472387-al-l-l-bh-23-09-12

आज - २६ भाद्र २०८० मंगलवार को राशिफल

 

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक साथ मिल्नेछ ।

https://barnanmedia.com/detail/1694474202-aa-l-l-ce-23-09-12

एमाले उपाध्यक्ष नेम्वाङको हृदयघातबाट निधन

सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे अस्पताल लगिएकामा उपचारको क्रममा त्यही निधन भएको स्वकीय सचिव कृष्णप्रसाद काफलेले बताउनुभयो ।

https://barnanmedia.com/detail/1694475583-el-u-b-bk-23-09-12

स्वर्गीय नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय राखिने
 
बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति उहाँलाई हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्याइएकामा त्यही नेम्वाङको निधन भएको थियो ।
 
 
कानुनी शासनको धज्जी उडाउन सरकारी कर्मचारीदेखि प्रधानमन्त्रीसम्मै सक्रिय
 
अनुसन्धानका नाममा आफूहरुलाई अनावश्यक दुःख दिएको भन्दै उनीहरू विरोधमा उत्रिएका छन् । आइतबार तीन घण्टा पेन डाउन गरेका उनीहरूले सोमबार कार्यालय समय खुल्नेबित्तिकै काम रोक्न खोजे । भन्सार विभागका महानिर्देशकले काम नरोक्न भनेपछि उनीहरु काममा फर्किए पनि विरोधका कार्यक्रम फिर्ता लिएका छैनन् । विमानस्थलजजस्तो संवेदनशील स्थानको सेवा नै अवरुद्ध पार्ने र गम्भीर अपराधको अनुसन्धान नै बिथोल्ने प्रकृतिका यी क्रियाकलापले हाम्रो राज्य संयन्त्रभित्रै कुन हदसम्मको अराजकता मौलाएको छ भन्ने छर्लंग पारेको छ ।
 
 
अध्यक्ष सुवास नेम्वाङकाे निधन प्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
 

 राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएकोछ ।सामाजिक सञ्जालमार्फत उहाँले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

https://barnanmedia.com/detail/1694478617-a-l-5s-23-09-12

नेम्वाङको निधन प्रति देउवाद्वारा दु:ख व्यक्त
 
सामाजिक सञ्जालमा एक सन्देश लेख्दै देउवाले नेम्वाङको निधनले स्तब्ध भएको उल्लेख गरेका छन्। ‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधा सभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छु। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ देउवाले लेखेका छन्।
 
 
सवारी दुर्घटनामा प्राचार्य सुवेदीको मृत्यु
 
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार मंगबार साँझ उहाँ सवार प्र१–०१–०१३ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग१च ३२४८ नम्बरको बोलेरो जीपले ठक्कर दिएको थियो ।
 
 
अध्यक्ष नेपालद्वारा दुःख व्यक्त
 

महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले स्व नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।संविधानसभाका अध्यक्ष नेम्वाङको पार्थीव शरीर केहीबेरपछि पार्टी केन्द्रीय कार्यालयमा लगिने एमाले संसदीय दलका सचेतक महेश बर्ताैलाले जानकारी दिनुभयो ।

https://barnanmedia.com/detail/1694481404-a-l-bj-23-09-12

भारतविरुद्ध पाकिस्तानको लज्जास्पद हार

 एसिया कप–२०२३ को सुपर फोरमा पाकिस्तानले भारतविरुद्ध २२८ रनको लज्जास्पद हार बेहोरेको छ । सोमबार श्रीलंकाको आर प्रेमदसा रंगशालामा वर्षाले प्रभावित बनेको खेलमा भारतले प्रस्तुत गरेको ३५७ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तान ३२ ओभरमा १२८ रनमै समेटियो ।

https://barnanmedia.com/detail/1694483105-l-2g-23-09-12

सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडाैँ। सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिनुभयो । अहिले पहिरो पन्छाउने तयारी गरिएको छ ।

https://barnanmedia.com/detail/1694484273-l-a-ii-23-09-12

सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज र भोलि पार्टी कार्यालयमा राख...

काठमाडौं। संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज दिनभर एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।

https://barnanmedia.com/detail/1694484502-l-l-aa-l-l-hp-23-09-12

देशका धेरै ठाउँमा बिहानैदेखि वर्षा, दिनभरजसो पानी पर्ने सम्भावना

काठमाडाैँ। काठमाडाैँसहित देशका धेरै ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, कास्की, सर्लाही, बाँके लगायत जिल्लामा बिहानैदेखि पानी परिरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।

https://barnanmedia.com/detail/1694485525-u-b-nj-23-09-12

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ 

काठमाडाैँ। इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । उहाँ विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आउनुभएको थियो । उहाँ हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत हुनुहुन्थ्यो ।

https://barnanmedia.com/detail/1694486698-ae-dz-23-09-12

सहमति,सहकार्य र एकताको मियो थिए नेम्वाङ

 नेपाली राजनीतिमा निकै परिपक्क, शालीन, समन्वयकारी र सबैलाई मिलाएर लैजान सक्ने साझा व्यक्तित्वको छवि बनाउनुभएका संविधान सभाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको छ ।विसं २००९ मा माता अपिन्द्रकुमारी र पिता रामबहादुर नेम्वाङको सुपुत्रका रूपमा जन्मनुभएका नेम्वाङ नेपालको राजनीति र संवैधानिक क्षेत्रकै सुपरिचित व्यक्तित्व हुनुहुन्थ्यो ।

https://barnanmedia.com/detail/1694487999-e-e-bl-23-09-12

नेम्वाङको निधनबाट राष्ट्रलाई अपुरणीय क्षति : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, २६ भदौ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९एमाले०का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ 

https://barnanmedia.com/detail/1694488900-b-lii-a-xv-23-09-12

एमाले सचिवालय बैठक बस्दै

नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिकरूपमा सचिवालय बैठक बस्न लागेको हो।

https://barnanmedia.com/detail/1694489038-el-l-b-b-zs-23-09-12

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

 सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएकाे छ ।चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा बिहान सुक्खा पहिरो खसेपछि बन्द भएकाे सडक केहीबेर अघिदेखि सञ्चालनमा आएकाे हाे । बिहान साढे ६ बजेतिर खसेको सुक्खा पहिरो पन्छाएपछि गाडी आवतजावत शुरु भएकाे सडक डिभिजन कार्यालय भरतपुरले जनाएकाे छ । नारायणगढ–मुग्लिन सडक खण्ड पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।

https://barnanmedia.com/detail/1592975442-a-ol-b-b-l-yq

कैयौं विषय सिकाउने र बुझाउने व्यक्तिको अभाव सधैं खड्किने छ:गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष सुवास नेम्वाङको असामयिक निधनको खबरले स्तब्ध बनाएको बताएका छन्।दिवंगत नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै महामन्त्री थापाले भनेका छन्, ‘नेकपा एमालेका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य आदरणीय सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको खबरले स्तब्ध बनाएको छ।’

https://barnanmedia.com/detail/1593064799-u-l-4j

समाजजादी मोर्चाद्वारा नेम्वाङको निधनमा दुःख व्यक्त, पूर्व निर्धारित कार्यक्रम स्...

समाजवादी मोर्चा नेपालले संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै आज आयोजना हुने प्रादेशिक सन्देश सभा स्थगन गर्ने निर्णय गरेको छ ।

https://barnanmedia.com/detail/1694491916-nth0-hn-23-09-12

मन्त्रिपरिषद्‌को आकस्मिक बैठक

मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बस्दै छ ।संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बोलाउनुभएको हो ।

https://barnanmedia.com/detail/1593055237-aa-a-ulii-b-bh

मधेश प्रदेशसभा सदस्य यादवको निधन

काठमाडौं। मधेश प्रदेशसभा सदस्य विन्दुकुमारी यादवको निधन भएको छ ।क्यान्सर रोगबाट पीडित सांसद यादवको आज बिहान ८ बजेर १५ मिनेटमा प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो । जसपाको केन्द्रीय सदस्य समेत रहेका उनी समानुपातिक सांसद हुन् ।

https://barnanmedia.com/detail/1694493694-bsk0-we-23-09-12

संविधान जारी गर्न नेम्वाङको भूमिका अतुलनीय : पूर्वसभामुख सापकोटा

आज शोक वक्तव्य जारी गर्दै उहाँले दिवङ्गत नेम्वाङप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । संविधानसभाबाट संविधान निर्माण गरी जारी गर्ने प्रक्रियामा नेम्वाङको अतुलनीय योगदान रहेको पूर्वसभामुख सापकोटाले स्मरण गर्नुभयो ।

https://barnanmedia.com/detail/1694494617-al-om-23-09-12

भाइरल भेलु बाजेलाई श्रीमती सोक

 प्युठानका पछिल्लो समय भाइरल बनेका भेलु बाजे (मिन बहादुर बुढा)को श्रीमतीको निधन भएको छ।भारत मा उपचारको क्रममा उनको आज निधन भएको हो।

https://barnanmedia.com/detail/1694496556-il-l-blii-ef-23-09-12

‘पर्यटन क्षेत्रको विकासमा पर्यटक प्रहरीको महत्वपूर्ण भूमिका छ’

पर्यटक प्रहरी कार्यालयले सोमबार यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले पर्यटन प्रवर्द्धन र पर्यटन उद्योगको विकासमा पर्यटक प्रहरीले खेलेको भूमिका सराहनीय रहेको बताउनुभएको हो ।

https://barnanmedia.com/detail/1694497108-uy80-nq-23-09-12

साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन

साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । निमोनिया देखिएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा आज बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।साहित्यमा विशेष रुचि राख्ने पराजुलीका दर्जनौँ कथा त्यतिकै कृति पनि प्रकाशित छन् ।

https://barnanmedia.com/detail/1694498043-l-dq-23-09-12

परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अमेरिका भ्रमणको तयारीका लागि उनी अमेरिका प्रस्थान गरेका हुन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री दाहाल भदौ ३० गते अमेरिका प्रस्थान गर्दैछन्। दाहाल अमेरिकाबाट नै फर्कँदा चीनको समेत भ्रमण गर्ने कार्यतालिका छ। दाहाल अमेरिकाबाट असोज ४ गते चीनका लागि प्रस्थान गर्ने तयारीमा छन्।

https://barnanmedia.com/detail/1694498857-e-u-a-c4-23-09-12

उत्तर कोरियाली नेता किम जोङ उन रुसमा

उत्तर कोरियाली नेता किम जोङ उन सवार रेल रुसी भूमिमा प्रवेश गरेको रुसी राज्य समाचार समिति रिया नोवोस्तीले जनाएको छ ।

नेता किम चढेको रेल उत्तर कोरियाबाट प्रिमोर्स्की क्षेत्रमा प्रवेश गरेको तस्बिर पनि रिया नावोस्तीले सार्वजनिक गरेको छ । गाढा हरियो डिब्बासहितको उत्तर कोरियाली रेललाई रुसी रेलवे पटरीर्मा ाकमा तानेको तस्बिरमा देखिन्छ ।

https://barnanmedia.com/detail/1694499835-u-l-u-en-23-09-12

सूर्यदर्शन बचत तथा ऋण सहकारीका कोषाध्यक्ष पक्राउ

काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना गरी फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कास्की पोखरा बागलुङ बसपार्कस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरी फरार रहेका ललितपुर गोदावरी नगरपालिका ४ ठेगाना भएका सोही संस्थाका कोषाध्यक्ष ४२ वर्षीय कुमार रम्तेललाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

https://barnanmedia.com/detail/1694500769-b-u-co-23-09-12

सुवास नेम्वाङप्रति कांग्रेसको सद्भावः वीपी साहित्व महोत्सव स्थगित

काठमाडौँ । नेपाली कांग्रेसको आयोजनामा जारी वीपी साहित्य महोत्सव स्थगित भएको छ । संविधानसभा अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष एवं सांसद सुवासचन्द्र नेम्वाङको निधनपछि महोत्सव स्थगित गरिएको कांग्रेस सहमहामन्त्री एवं महोत्सव तयारी समितिका संयोजक बद्रीप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

https://barnanmedia.com/detail/1694501264-btge-jb-23-09-12

आलु भण्डारण क्षमता थोरै हुँदा किसानलाई मर्का

पछिल्लो समय बागलुङमा आलु उत्पादनमा वृद्धि भएको छ । उत्पादन वृद्धि भए पनि आलु पर्याप्त मात्रामा भण्डारण गर्ने सुविधा नहुँदा किसान मर्कामा परेका छन ।

भण्डारणको सुविधा नहुँदा यहाँका किसानले बारीबाटै आलु बेच्ने गरेका छन् । विशेषगरी ताराखोला र ढोरपाटनका किसानले भण्डारण गर्न आलु सस्तोमै बिक्री गर्नुपरिरहेको छ ।

https://barnanmedia.com/detail/1694502931-aal-lii-6e-23-09-12

‘टोखा–छहरे सुरुङमार्ग सरकारको प्राथमिकतामा’

उक्त सुरुङमार्गको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) सुरु गर्न सोमबार अर्थमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोलगायतले स्थलगत अवलोकन एवं निरीक्षण गर्नुभएको हो ।

https://barnanmedia.com/detail/1694503790-0313-ng-23-09-12

एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य विश्वकर्माको निधन

नेकपा एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ ।रौतहट निवासी विश्वकर्माको मंगलबार बिहान जावलाखेलस्थित अल्का अस्पतालमा हृदयाघातबाट निधन भएको हो ।उनको शव श्रद्धाञ्जलिका लागि मंगलबार केहीबेर पार्टी कार्यालय आलोकनगर राखिने सो पार्टीले जनाएको छ ।पारिवारिक स्रोतका अनुसार उनको आजै दाहसंस्कार गरिने छ ।

https://barnanmedia.com/detail/1694504904-e-ll-xf-23-09-12

डेङ्गुका सङ्क्रमित बढ्दो

 हेटौँडा उपमहनगरपालिकासहित मकवानपुर जिल्लामा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगीको सङ्ख्या दिनदिनै बढ्दै गएको छ ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत साउन एक गतेदेखि हालसम्म डेङ्गुबाट सङक्रमितको सङ्ख्या चार सय २१ पुगेको छ ।उक्त कार्यालयका अनुसार जिल्लामा हालसम्म सबैभन्दा बढी सङ्क्रमित हेटौँडा उपमहानगरपालिकामा रहेको र त्यहाँ अहिलेसम्म तीन सय २९ जनामा डेङ्गु फेला परेको छ ।

https://barnanmedia.com/detail/1694505669-b-d4-23-09-12

सुन तस्करी प्रकरणः सिआइबीद्वारा प्रतिवेदन बुझाउने तयारी

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ ।

नेम्वाङकाे पार्थिव शरीरमा ओलीले ओढाए पार्टीको झण्डा

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ ।

https://barnanmedia.com/detail/1694506721-aaib-bu-sn-23-09-12