
सूर्यदर्शन बचत तथा ऋण सहकारीका कोषाध्यक्ष पक्राउ

वर्णन संवाददाता
२०८० भाद्र २६, मंगलवार १२:२४:००
काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना गरी फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कास्की पोखरा बागलुङ बसपार्कस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरी फरार रहेका ललितपुर गोदावरी नगरपालिका ४ ठेगाना भएका सोही संस्थाका कोषाध्यक्ष ४२ वर्षीय कुमार रम्तेललाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
रम्तेल समेतले ठगी गरेको भनि वचतकर्ताहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको तथा रम्तेल समेतको नाममा जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भई सहकारी तथा ठगी सम्बन्धी मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका १४ कुमारीपाटीबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।
सम्बन्धित खवर
२०८० आश्विन ११, बिहीबार
दैनिक १० किलो सुन आयातको सीमा, अब २० किलोसम्म ल्याउन पाइने
२०८० आश्विन ९, मंगलवार
नेपाललाई सहुलियतपूर्ण वित्तीय लगानी उपलब्ध गराउन अर्थमन्त्री...
२०८० आश्विन ८, सोमबार
नेपाल चेम्बर अफ कमर्स र सीसीपीआईटीबिच नेपालमा लगानी सम्मेलन...
२०८० आश्विन ७, आईतवार
बढ्याे सुनको मूल्य
२०८० आश्विन ६, शनिबार
साताको शेयर बजार : चार दिनमा सात अर्ब ३६ करोड बढीको कारोबार
२०८० आश्विन ६, शनिबार
सेयरबजारमा उत्साह फर्किएको साता, आउँदो दिन बजार झनै चम्किने...
भर्खर
-
२२ मिनेट अगाडिबुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’सार्की
-
४० मिनेट अगाडिचाडपर्वमा दुग्धजन्य परिकारको प्रयोग बढाउन आग्रह
-
१ घण्टा अगाडिविमानस्थलबाट झण्डै तीन किलोग्राम सुनसहित एक महिला...
-
१ घण्टा अगाडि‘पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउन आवश्यक छ’
-
१ घण्टा अगाडिपक्राउ परेका अनमोल केसीको स्वास्थ्यमा अचानक समस्या...
-
१ घण्टा अगाडिप्रधानमन्त्रीको चीन भ्रमण आर्थिक दृष्टिले फलदायी :...
लोकप्रिय
-
४ दिन अगाडिन्यायमा धनराजको घन