बुधबार, कार्तिक ०६, २०७६ | Wednesday, October 23, 2019

काठमाडौँ
प्रधानमन्त्री ओली बिहीबार बाकु प्रस्थान गर्दै   * नेपालमा चिनियाँ प्रभाव बढेको अमेरिकाको टिप्पणी   * घर भत्किँदा घाइते भएका तामाङको मृत्यु   * सलमान खानको ‘दबंग–३’को ट्रेलर सार्वजनिक (भिडियो)   * आफु भारतीय नागरिक भएको पुष्टि गर्न देवेन्द्रराज कडेलको चुनौति   * उपत्यकामा बेचिने बोत्तलको पानीमा लेदो भेटियो   * महराको मुद्धा सरकारी वकिलले नै फिर्तालिनु पर्ने अवस्थामा   * काठमाडौंको तारकेश्वर ३ मा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते   * राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको एक्सन रुमबाटै निर्देशन   * धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो   *
बुधबार, कार्तिक ०६, २०७६ Wednesday, October 23, 2019
अर्थ वाणिज्य

भट्टीमा सुकाउँदा अलैँची गुणस्तरहीन

१५-आश्विन-२०७६ | ११:३३:२३ am

भारतलगायत तेस्रो मुलुकबाट गुणस्तरीय अलैँचीको माग बढे पनि नेपालबाट भने अझै गुणस्तरहीन अलैँची नै निकासी हुने गरेको छ ।

विशेषगरी अलैँची सुकाउन परम्परागत पद्धति नै अपनाउनाले पनि नेपालबाट कम गुणस्तरीय अलैँची नै विश्व बजारमा जाने गरेको छ ।

अलैँची सुकाउनका लागि सुधारिएका भट्टी आएपनि किसानले त्यसको प्रयोग नगर्नाले धुँवा र धुलोसहितको अलैँची निकासी गर्नुपर्ने बाध्यता छ ।

बढी लागत पर्नाले कतिपय किसानले आधुनिक भट्टी किन्न सकेका छैनन् ।

पछिल्लो समय आधुनिक भट्टीमा सुकाएको अलैँची कम गुणस्तरीय हुने र राम्रो नसुकेको आरोप लाग्नाले पनि आधुनिक भट्टी भित्रिन नसकेको कतिपय किसानको भनाइ छ ।

लामो समय भण्डारण गर्नुपर्ने बाध्यता रहेकाले राम्रो धुवामै सुकेको अलैँची व्यावसायीले खोज्नाले पनि आधुनिक भट्टी नभित्रिएको रोङ गाउँपालिकाका किसान गोविन्द पौडेल बताउछन् ।

“विश्ववजारमा आधुनिक भट्टीकै अलैँचीको माग छ, तर, केही व्यवसायीले भने धुँवा भएको कालो वर्णको अलैँची नै चाहिन्छ भन्नाले पनि आधुनिक भट्टी नभित्रिएको हो”।

उनले भने, “धेरै खर्च गरेर आधुनिक भट्टीमा सुकाउँदा पनि नबिक्ने सम्भावना छ, त्यसैले पनि हामीले आधुनिक भट्टी प्रयोग नगरेका हौँ ।”

आधुनिक भट्टीमा सुकाउनका लागि दक्ष जनशक्ति नभएका कारण कम गुणस्तरीय अलैँची उत्पादन भएकोे व्यावसायीको अनुमान छ ।

सरकारी तवरबाट तालीम र दक्ष शक्ति बढाउने कार्यक्रम नभएकाले पनि आधुनिक भट्टीको अलैँची कम गुणस्तरीय भएको हुनसक्ने अलैँची व्यवसायी महासङ्घका पूर्ववरिष्ठ उपाध्यक्ष दीपक नेपालको बुझाइ छ ।

Leave a Reply

सम्बन्धित समाचार