शुक्रबार, जेठ १६, २०७७ | Friday, May 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
कपिलवस्तुमा नौ र दाङमा दुइ जना संक्रमित थपिए   * लिपुलेक विवादको सन्दर्भमा नेपाली सेनाले जारी गर्याे विज्ञप्ति   * अफ्रिकी मुलुकबाट उडेर आको यो सलह किरा ।   * शव लैजाँदा शवदाह गृहका कर्मचारीकाे भागाभाग   * रौतहटमा क्वारेन्टाइन बनाउने बिषयमा झडप: प्रहरीद्वारा १२ राउन्ड हवाई फायर   * रौतहटमा थप १७ जनामा कोरोना पुष्टि: रौतहटमा सङ्क्रमितकाे संख्या १२५ पुग्यो   * लकडाउन खुलेको ३० दिनभित्र अदालत जाने मौका: हद म्याद नलाग्ने   * लोककल्याणकारी विज्ञापन अनलाइन समाचार माध्यमलाई पनि दिईने   * रेलमार्गका लागि ६६ अर्ब:विमानस्थलका लागि १९ अर्ब   * कर्मचारीलाई घुम्न प्रोत्साहन गरिने   *
[bsa_pro_ad_space id=33]
शुक्रबार, जेठ १६, २०७७ Friday, May 29, 2020
खेलकुद

सन्दीपको उत्कृष्ट प्रदर्शन, ब्याटिङ नचल्दा बार्बादोस पराजित

०७-आश्विन-२०७६ | ०८:३७:२२ am

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध क्यारेबियन प्रिमियर लिग (सिपिएल) को टिम बार्बाडोस ट्राइडेन्ट्स ५ रनले पराजित भएको छ । जमैका तालेवाजविरुद्धको खेलमा सन्दीपले ४ ओभरमा २ विकेट लिएर केबल १७ रन दिँदै उत्कृष्ट स्पेल बलिङ गरेपनि हार टार्न सकेनन् ।

टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा अलआउट हुँदै १२७ रन बनाएको थियो । सन्दीपले विष्फोटक ब्याट्सम्यानद्वय कप्तान चाड्विक वाल्टन र ड्वेन स्मिथलाई पभेलियन फर्काएका थिए । उत्कृष्ट बलिङ गरेका सन्दीपलाई कुनैपनि ब्याट्सम्याले बाउन्ड्री प्रहार गर्न सकेनन् ।

ग्लेन फिलिप्सले ४१ रन, रमाल लिविसले २७ रन तथा वाल्टनले १३ रन बनाएपछि जमैका सम्मानजनक योगफल बनाउन सफल भएको थियो । जमैकाका ७ ब्याट्सम्यान दोहोरो अंकको स्कोर बनाउन असफल रहे ।

१२८ रनको सामान्य लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको बार्बादोसलाई फेरि पनि ब्याटिङले धोका दियो । ओपनर जेसन चाल्र्सले सर्वाधिक ३१ रन, रेमन रेफरले २६ रन, जोनाथन कार्टरले १७ रन तथा एलेक्स हाल्सले १६ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन नसकेपछि २० ओभरमा ९ विकेट गुमाउँदै १२२ रनमा सिमित भयो ।

योसँगै सन्दीपले जारी सिजनका ६ खेल खेल्दै ८ विकेट हात पार्न सफल भएका छन् । सन्दीपको यो अन्तिम खेल हुनेछ । यसपछि सन्दीप राष्ट्रिय टिमबाट खेल्न सिंगापुर आउने छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: