मंगलबार, माघ ०७, २०७६ | Tuesday, January 21, 2020

काठमाडौँ
नेकपाबाट ११ बुँदे आचारसंहिता जारी : महिला हिंसा गरे तत्काल निष्कासित हुने   * भ्रष्टाचार गरेर महादेशकै धनी बन्न सफल महिलाको कर्तुत खोले पत्रकारले   * २०५० सम्ममा १० लाख मानिस मंगल ग्रह पठाउने तयारी   * विवाद समाधानका लागि कांग्रेस नेताहरुबीच छलफल   * जेपी नड्डा बने बीजेपीका अध्यक्ष   * प्रदेश–५ प्रमुख प्रतिपक्षी दलका नेताको मृत्यु   * नेकपाका ११ सन्देश कार्यकर्तालाई भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिसन, करछली, अनियमितता नगर्नु   * व्यक्ति प्रशंसा गर्नुहोस तर प्रधानमन्त्रीको बारेमा सोच्नुहोस   * नेप्से साढे २६ अङ्कले ओरालो   * सैनिक, निजामति, प्रहरी पछि शिक्षक अस्पताल बन्ने, हे राम जनताका अस्पताल कहिले बन्ने   *
मंगलबार, माघ ०७, २०७६ Tuesday, January 21, 2020
प्रदेश

नतिजामुखी काम गर्न सरकार तत्पर: अध्यक्ष दाहाल

२८-भाद्र-२०७६ | ०९:४३:५३ am

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार सक्रियरूपमा जनताको काम गर्न कटिबद्ध रहेको बताएका छन ।

इलाम सदरमुकाममा आज बिहान पत्रकारसँग कुरा गर्दै उनले नयाँ नेपालमा नयाँ व्यवस्था शुरु भएकाले परिवर्तन नदेखिएको तर अब नतिजामुखी काम गर्न सरकार तत्पर रहेकोसमेत उल्लेख गरे ।

अध्यक्ष दाहालले पार्टीमा गुटउपगुट भएको खण्डमा पार्टी नै ध्वस्त हुनेसमेत बताए ।

नेता केन्द्रित र गुट केन्द्रितले आफैँलाई सक्ने भन्दै अध्यक्ष दाहालले जिम्मेवारीका आधारमा पार्टी चल्नुपर्ने जानकारी दिए ।

उनले आफ्नो उद्देश्य अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने नभएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा राखेको विषय वास्तविकताभन्दा भिन्न भएर बाहिर आएको बताए ।

“म सबै राष्ट्रसँग समान सम्बन्ध भएको देख्न चाहन्छु”, उनले थपे, “कुनै देशको नीतिविरुद्ध र राष्ट्रको अहित हुने कुरा बोले भन्नु निराधार हुन्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले संविधान निर्माणसमेत अहिलेका एकता भएका दुई शक्तिका कारण मात्र भएको बताए ।

उनले पहिलो संविधानसभा विघटनपछि दोस्रो संविधानसभासमेत विघटन गर्न देशभित्र तथा बाहिरका शक्ति लागेपनि तत्कालीन एमाले र तत्कालीन माओवादीका कारण संविधान निर्माण भएको बताए ।

सम्बन्धित समाचार