सोमबार, भाद्र ३०, २०७६ | Monday, September 16, 2019

काठमाडौँ
सोमबार, भाद्र ३०, २०७६ Monday, September 16, 2019
प्रदेश

संविधान प्रतिकुलका विधेयक कांग्रेसले नस्वीकार्ने

२३-भाद्र-२०७६ | ०६:३६:२४ pm

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले संसदमा प्रस्तुत गरेका तीन विधेयकमा पार्टीका सांसदहरुले राखेको संशोधन प्रस्ताव र समिति उपसमितिहरुमा राखेको फरक मतप्रति सरकार गम्भिर नभएको भन्दै आपत्ति जनाएको छ ।

कांग्रेसले सरकारले संघीय संसदमा प्रस्तुत गरी सम्बन्धित विषयगत समितिहरुमा छलफलको क्रममा रहेका ‘‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’’, ‘‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’’, ‘‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’’ लगायतका संविधान प्रतिकूलका विधेयकमाथि सांसदहरुले प्रस्तुत गर्नु भएको संशोधन प्रस्ताव र समिति एवं उपसमितिहरुमा राखेको फरक मत प्रति सरकार संवेदनशील नभएको भन्दै आपत्ति जनाएको हो ।

प्रतिनिधिसभाका मुख्य सचेतक बालकृष्ण खाणले आज विज्ञप्ति जारी गर्दै कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्तिमा नेपालको संविधानको प्रस्तावना, प्रावधान र व्यवस्थालाई उलंघन गर्दै संविधान प्रतिकूलका कुनै पनि विधेयकहरु कांग्रेसलाई स्वीकार्य नहुने उल्लेख छ ।

संविधानको व्यवस्था र भावनाको प्रतिकूल हुने गरी प्रस्तुत भएका विधेयकहरुलाई तत्काल सच्चाउन पनि विज्ञप्तिमा माग गरिएको छ ।

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार