प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरे पशुपतिनाथ मन्दिरको दर्शन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

प्रचण्ड यसरी आरती दर्शनका लागि प्रचण्ड पहिलोपटक पशुपतिनाथ पुगेका हुन् । त्यस क्रममा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए ।

प्रधानमन्त्रीको साथमा अर्थमन्त्री प्रकाशशरण महत, पराराष्ट्रमन्त्री एनपी साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतलगायत मन्त्री र अधिकारी थिए ।