गृह मन्त्रालयले दुई जना प्रहरी नायव महानिरीक्षक डिआइजीको काज सरुवा

काठमाडौँ । गृह मन्त्रालयले दुई जना प्रहरी नायव महानिरीक्षक डिआइजीको काज सरुवा गरेको छ ।

प्रहरी प्रवक्ता डिआइजी पोषराज पोखरेललाई उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा सरुवा गरिएको छ ।मिरा चौधरी एआईजीमा बढुवा भएपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्व रिक्त थियो ।

डिआइजी रामदत्त जोशीलाई विशेष ब्युरोमा सरुवा गरिएको छ । जोशी प्रहरी प्रधान कार्यालय स्थित अन्वेषण योजना तथा विकाश निर्देशनालयमा कार्यरत थिए । विशेष ब्युरोमा यसअघि सुदिप गिरी थिए । गिरी एआईजीमा बढुवा भएका छन् ।