राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्जार्ज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल डिस्जार्ज भएका छन् ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर उनी घर फर्किएका छन् । पेटको दुखाइका कारण उनलाई अस्पताल लगिएको थियो। राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीका अनुसार राष्ट्रपतिलाई ग्यास्टिकका कारण पेट दुखेको चिकित्सकहरूले बताएका थिए ।