सोमबार, भाद्र ०२, २०७६ | Monday, August 19, 2019

काठमाडौँ
सोमबार, भाद्र ०२, २०७६ Monday, August 19, 2019
प्रदेश

महाराजगञ्ज शिक्षण अस्पतालमा आगलागी

२८-साउन-२०७६ | ०९:४४:५८ am

काठमाडौ , श्रावण २८ । त्रिभुवन विश्व विद्यालय अन्तर्गत संचालित शिक्षण अस्पताल महाराजगञ्जमा आगलागी भएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियोथोरासिक सेण्टरको पाँचौँ तलामा सोमबार साँझ बिद्युत सर्किट सट भएर आगालागी भएको जानकारी दिए ।

आगलागीबाट कोही हताहत नभएतापनि कोठाभित्र रहेका केही महत्वपूर्ण कागजात जलेर नष्ट भएका महाराजगञ्ज वृत्त प्रमुख प्रसाईँले बताए । आगलागीबाट के कति बरावरको क्षति भएको हो विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार