शुक्रबार, मंसिर २७, २०७६ | Friday, December 13, 2019

काठमाडौँ
भारि हिमपात पर्नसक्ने, आगामी २४ घण्टाका लागि चेतावनी   * मोबाइल पसलमा चोरी   * समस्याको जंजालमा छोरीले गरेको किरीया र बाबुले दिएको दाईजोको संयोग   * माइक्रो र बस एकापसमा ठोक्किए,१४ जना घाइते   * विप्लव माओबादी समूहका जिल्ला इन्चार्जसहित दुई पक्राउ   * ठूलो दुर्घटनाबाट जोगियो बिरगंज, जोखिम अझैं यथावत   * एपीएफ टोलीद्वारा अवैध चोरीपैठारीको सामान बरामद   * तस्बिरले देखाइ रहेकोछ प्रधानमन्त्रीको अवस्था   * एउटा सभामुखमा नेकपाका तीन धार खेर जानसक्छन् दौरा सुरुवाल   * जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन: गृहमन्त्री   *
शुक्रबार, मंसिर २७, २०७६ Friday, December 13, 2019
कर्णाली प्रदेश

शुक्रबारबाट तीन ओटा प्रदेशमा कांग्रेसको प्रशिक्षण

२७-साउन-२०७६ | ०३:५७:५७ pm

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी शुक्रबार ३१ साउनदेखि ६ भदौसम्म पहिलो चरणमा ३ (तीन) प्रदेशमा महाधिवेशन प्रतिनिधिहरुकालागि प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । साउन ३१ र ३२ गते कास्कीको पोखरामा गण्डकी प्रदेश स्तरीय, भदौ २ र ३ गते रुपन्देहीको भैरहवामा प्रदेश ५ नंं स्तरीय र भदौ ५ र ६ गते सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय प्रशिक्षण संचालन गर्ने प्रशिक्षण प्रतिष्ठानले जानकारी दिएको छ ।

प्रशिक्षणमा पार्टीैको सांगठनीक संरचना, विधान र विशेषता, राजनीतिक, आर्थिक प्रस्ताव दृष्टिकोण, नेपाल कम्युनिष्ट पार्टीको सरकारको मूल्यांकन तथा जनतासंग संपर्क र संवादलगायत विषयमा महाधिवेशन प्रतिनिधिहरुलाई प्रशिक्षण दिइने प्रतिष्ठानका सचिव मुक्ति आचार्यले जानकारी दिए ।

प्रशिक्षणको मूल लक्ष्य नेपाली कांग्रेसका सदस्यहरुलाई जनतासंग कसरी आत्मीय संपर्क राख्ने भन्ने रहेको उनको भनाई छ । सभापति शेरवहादुर देउवाले उदघाटन गर्ने कार्यक्रममा नेता रामचन्द्र पौडेल सहित केन्द्रीय पदाधिकारी तथा सदस्यहरु समेतको सहभागिता रहने प्रतिष्ठानले जनाएको छ । प्रशिक्षणमा सहभागिहरु सबैले यातायात तथा आवसको व्यवस्था आफैले गर्नु पर्ने नियम प्रतिष्ठानले बनाएको छ ।

सम्बन्धित समाचार