बिहिबार, मंसिर २६, २०७६ | Thursday, December 12, 2019

काठमाडौँ
पौडेल पक्षले बहिस्कार गर्‍यो केन्द्रीय समिति बैठक   * बंगलादेशी विदेशमन्त्रीकाे भारत भ्रमण रद्द   * मनाङको माथिल्लो भेगमा भारी हिमपात   * ४ जनालाई नागरिकता दिनुपर्छ भन्दा मोदीको कुर्सि हल्लिदैछ तर नेपालमा जो आउँछ घुस ल्याउँछ नागरिकता पाउँछ   * राष्ट्रियसभाको निर्वाचन गर्ने मिति घोषणा   * सात किलो चरेससहित चारजना पक्राउ   * हिमपातले टिपर दुर्घटना गरायो, दुईको मृत्यु   * संघमा खुलेको अधिकृतको विज्ञापन पर्याे विवाद   * राउटेलाई कूल पूजाको चटारो   * तीन दिनसम्म लगातार बदली, वर्षा र हिमपातको सम्भावना : मौसमविभाग   *
बिहिबार, मंसिर २६, २०७६ Thursday, December 12, 2019
अन्तर्राष्ट्रिय

विश्व प्रसिद्ध फुटबलर रोनाल्डो बलात्कारको आरोपबाट मुक्त

०७-साउन-२०७६ | १२:०७:३४ pm

काठमाडौं– बलात्कार गरेको आरोपमा मुद्दा खेप्दै आएका विश्व प्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डोले अदालतवाट सफाइ पाएका छन् । अमेरिकाको क्लर्क काउन्टी जिल्लामा फुटबलर रोनाल्डोविरुद्ध परेको उजुरीमा अदालती छानविन र अनुसन्धान पछि उनलाई सफाइ दिईएको हो ।

उनी माथि सन् २००९ मा अमेरिकाको पर्यटकीय शहर लस भेगासस्थित एक होटलमा अमेरिकन मोडल क्याथरिन मेयोर्गामाथि बलात्कार गरेको आरोप लागेको थियो । घटना बाहिर नल्याउने शर्तमा सन् २०१० मा अदालत बाहिर करिब चार करोड रुपैयाँमा दुवै पक्षबीच भएको आपसी सहमतिलाई ९ वर्षपछि तोडदै सन् २०१८ मा पुन उक्त घटना सार्वजनिक गरी क्याथरिन स्थानीय पुलिस प्रशासनको शरणमा गएकी थिइन ।

लास भेगास पुलिस प्रशासनले पिडिताले दिएको उजुरीको आधारमा घटनाको पुनः छनबीन अनुसन्धान सुरु गरेको थियो । रोनाल्डोले भने क्याथरिनले थप पैसा लिनका लागि आफुमाथि षडयन्त्र गरेको भन्दै शुरुबाटै त्यस आरोपको खण्डन गर्दै आएका थिए ।

छानविनपछि अमेरिकाको क्लर्क काउन्टी जिल्ला अदालतका सरकारी वकिलले एक अफिसियल विज्ञप्ति निकाल्दै बलात्कार आरोप खेपिरहेका रोनाल्डो निर्दोष रहेको आफनो प्रतिवेदनमा उल्लेख गरेपछि बलात्कारको आरोपमा रोनाल्डोलाई कुनै प्रकारको कानुनी कारवाही हुने अवस्थाबाट मुक्त भएको एजेन्सीको खवर छ ।

समाचार श्रोतका अनुसार यस घटना भएको बेला रोनाल्डो इङ्लिस क्लब म्याचनेस्टर युनाईटेडबाट फुटबल खेल्थे । रोनाल्डोले त्यसपछि ९ बर्ष स्पेनिस क्लब रियल म्याड्रिडमा बिताए । रोनाल्डो गतबर्ष मात्र इटालियन क्लब युभेन्ट्समा अनुबन्ध भएका थिए । (एजेन्सी)

सम्बन्धित समाचार