गठबन्धनले लोकतन्त्रको चीरहरण गरे,स्वच्छ र निष्पक्ष चुनाव हुन दिएनन्:ओली

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले राज्यसत्ताको दुरुपयोग गरेका कारण स्थानीय चुनावी परिणाम तलमाथि भएको दाबी गरेका छन् ।

बुधबार संसदीय दलको बैठकमा ओलीले आफ्नो पार्टीले कम सिट जित्नुमा गठबन्धन कारक रहेको र अन्तर्घात समेत भएकाे उल्लेख गरेका छन्। गठबन्धनले स्वच्छ, निष्पक्ष चुनाव हुन दिइएन लोकतन्त्रको चीरहरण गरे ओलीले भने, ‘गठबन्धनले राज्य सत्ताको दुरुपयोग गर्दा हामीले हार्‍यौँ। ।

७५३ मध्ये अहिलेसम्म कांग्रेसले ३२६, एमालेले २०५,माओवादी केन्द्रले १२१ , जसपाले ३० र नेकपा एसले २० र लाेसपाले १६ स्थानमा जित निकालेको छ।