भरुवा बन्दुक सहित पक्राउ
बाग्लुङ -
बडिगाड गाउँपालिका ७ माझखर्क बस्ने ५५ वर्षीय दल बहादुर बुढालाई एकनाले भरुवा बन्दुक १ थान, सोही बन्दुकको बारुद र सिसा १२ थान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
दल बहादुरको घरमा अबैध रुपमा हातहतियार लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले खानतलासी गर्दा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
राप्रपा छोडे धवलशम्शेरले, १८३ नेताले दिए सामूहिक राजीनामा
झापामा हुरी र वर्षाले केराखेती नष्ट
सगरमाथा क्षेत्रमा बेपत्ता दावा शेर्पा जीवितै फेला
प्रतिक्रिया