नेकपाको बैधानिक्ताबारे निचोड निकाल्न आयोगलाई देउवाको आग्रह

काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले नेकपाको बैधानिक्ता बारे अहिले सम्म निचोड ननिकालेको भन्दै आलोचना गरेका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाको बैधानिक्ता बारे अहिले सम्म निचोड ननिकालेको भन्दै निर्वाचन आयोगको आलोचना गरेका छन् ।

प्रतिनिधिसभा विघटन गरेको ६ महिनाभित्र चुनाव भइसक्नुपर्ने भन्दै कांग्रेस सभापति देउवाले भने, ‘निर्वाचन आयोगलाई मतलब नै छैन । उनले अघि भने, ‘ओलीले वैशाखसम्म चुनाव गराउँछु भनेको छन । निर्वाचन आयोगले किन भन्दैन निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ ।’सूर्य चुनाव चिन्ह एउटै रहको भन्दै उनले प्रचण्डलाई दिने कि ओलीलाई दिने छिटो निर्णय गर्न आग्रह गरे । सूर्य चिन्ह नपाए ओलीले चुनाव नगराउने उनको आशंका छ ।