मन्त्री जोशीद्वारा आर्थिक सहयोग
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले आफ्ना आमाबुवाको स्मृतिमा ज्येष्ठ नागरिक सङ्घ चितवनलाई रु एक लाख एक हजार एक सय ११ सहयोग गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शनिबार उहाँले उक्त रकम हस्तान्तरण गर्दैे सबैले ज्येष्ठ नागरिकको सम्मान गर्न सिक्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिलेको पुस्ताले पुराना पुस्ताको सम्मान गर्न सकेको छैन । यो संस्कार सिकाउन जरुरी छ ।”
ज्येष्ठ नागरिक सङ्घ चितवनका अध्यक्ष केदारनाथ तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, महिला आयोगकी पूर्वअध्यक्ष भगवती घिमिरे, वडाध्यक्ष परमेश्वर खनाललगायतले बोल्नुभएको थियो ।
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
ऐरीलाई उछिन्दै भुर्तेल बने टी२० अन्तर्राष्ट्रियमा धेरै रन बनाउने नेपाली खेलाडी
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै
टिकटकर तुलसी अधिकारीविरुद्धको मुद्दामा थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
प्रतिक्रिया