गण्डकीका कांग्रेस सांसदले फिर्ता गरे आठ लाख दशैँभत्ता
पोखरा-गण्डकी प्रदेशसभाका १५ जना कांग्रेस सांसदहरुले चाडपर्व खर्च फिर्ता गरेका छन । प्रदेशसभा सदस्यहरुको सेवा सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन अनुसार एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च पाउने व्यवस्था छ ।
तर, कोरोना महामारीमा पनि सांसदहरुले दशैँभत्ता लिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । संघदेखि प्रदेश सरकारका मन्त्रीहरुले पनि खातामा लिएको भत्ता फिर्ता गरेका छन । तर, सबै प्रदेश सांसद र मन्त्रीहरुले भने फिर्ता गरेका छैनन ।
यता, प्रदेशसभा सचिवालयले पनि सबै सांसदहरुको खातामा चाडपर्व खर्च पठाइसकेको जनाएको छ । प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने मंगलबार संसदीय दलको बैठक नै गरेर चाडपर्व खर्च नलिने निर्णय गरेको छ ।
“खातामा आइसकेको छ, तर हामीले उक्त रकम सरकारलाई नै फिर्ता गर्छौँ, आज दलको बैठकले निर्णय गरेको छ ।” कांग्रेस संसदीय दलका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले जानकारी दिए ।
६० सांसदमध्ये गण्डकीमा १५ जना कांग्रेसबाट निर्वाचित छन । प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले पाउने ५८ हजार रुपैयाँ, प्रमुख सचेतक तथा संसदीय समितिको सभापतिको हैसियतले दुइजनाले पाउनने ५६ हजार आठ सय ४०, सचेतकले पाउने ५४ हजार दुइ सय र बाँकी ११ जना सांसदले पाउने ५२ हजार रुपैयाँ सहित कुल आठ लाख ८० रुपैयाँ चाडपर्व खर्च फिर्ता गर्ने निर्णय बैठकले गरेको हो ।
सत्तारुढ नेकपा, प्रतिपक्षी राष्ट्रिय जनमोर्चा र जनता समाजवादीका सांसदले भने रकम फिर्ता गर्ने नगर्ने निर्णय गरेका छैनन ।
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
ऐरीलाई उछिन्दै भुर्तेल बने टी२० अन्तर्राष्ट्रियमा धेरै रन बनाउने नेपाली खेलाडी
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै
टिकटकर तुलसी अधिकारीविरुद्धको मुद्दामा थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
प्रतिक्रिया