गाडीको ठक्करबाट मृत्यु

उदयपुर - त्रियुगा नगरपालिका-३ बसपार्क नजिक सडकमा प्रदेश १-०२-००१ ज ३८७७ नम्बरको गाडीको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गाईघाट हुँदै नोबेल अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।