विभिन्न पटाका तथा आतसबाजी बरामद

सुनसरी-हरिनगरा गाउँपालिका-१ घिर्नि पुल छेउबाट १ सय ५० प्याकेट झिलझिले, ६ सय ३६ पिस फुलझरी र १ सय ५० प्याकेट पटाका मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरीले उक्त पटाका बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।