१५ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा पक्राउ

सुनसरी-१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोशी गाउँपालिका-७ बस्ने २५ वर्षीय मनोज कुमार रामलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

रामले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट हरिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।