अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ     

सुनसरी - धरान उपमहानगरपालिका-८ साम्पाङ चोकबाट १२ ग्राम ५ सय मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर र नगद १० हजार ९ सय ५० रुपैयाँ सहित सोही उपमहानगरपालिका-१५ बिशालचोक बस्ने ३८ वर्षीय बिजय कुमार रोक्कालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले को.१० प ६२९५ मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।