गण्डकी प्रदेशसभा : बजेटमाथिको छलफल सुरु
गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि प्रदेशसभामा छलफल शुरु भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत गर्नुभएको बजेटमाथि बुधबार प्रदेशसभामा छलफल थालिएको हो ।
छलफलमा सहभागी सदस्यले बजेटको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिनुभएको छ । प्रदेशसभा सदस्य मोहनप्रसाद रेग्मीले बजेटले कोरोनाको रोकथाम, नियन्त्रणका साथै स्वास्थ्य, कृषिलगायत क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
सीमित स्रोत र साधनकाबीच विगतका विकास निर्माणका योजनालाई बजेटले निरन्तरता दिएको उहाँले बताउनुभयो । प्रदेशका माननीयलाई विकास निर्माण एवं स्थानीय तहसँग जोडिने गरी कार्यक्रमलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।
युवा तथा खेलकूद, उद्योग, पर्यटनका हरेक क्षेत्रमा बजेट केन्द्रित भएको बताउँदै उहाँले यो बजेट प्रदेशको समृद्धि र विकासका लागि प्रतिबद्ध भएको धारणा राख्नुभयो । अर्का सदस्य इन्द्रलाल सापकोटाले कोरोनाको सन्त्रासबीच आएको बजेटले यसको रोकथामका लागि रु तीन अर्ब विनियोजन गरेको बताउनुभयो ।
नीति तथा कार्यक्रमका साथै प्रदेशको पञ्चवर्षीय योजना दिगो विकासको लक्ष्यका आधारमा बजेट आएको उहाँले बताउनुभयो । बजेटले विगतका सबै योजनालाई समेटेर निरन्तरता दिएको उहाँले उल्लेख गर्नुभयो । चालु आर्थिक वर्षको पूँजीगत खर्चको अवस्था राम्रो नदेखिएको बताउँदै उहाँले यसको समीक्षा गर्दै नीतिगत एवं शासनप्रणालीमा सुधार गर्नुपर्ने विषयलाई सुधार्दै जानुपर्ने सुझाव दिनुभयो ।
सदस्य खिमविक्रम शाहीले कोरोनालाई लक्षित गरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइनु सकारात्मक भएको बताउनुभयो । उहाँले गाउँपालिकाका क्वारेन्टिन व्यवस्थितरुपमा सञ्चालन नभएको पाइएकाले आगामी दिनमा त्यसतर्फ गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आरडिटीलाई बन्द गरी पिसिआर परीक्षण बढाउँदै चाँडै रिपोर्ट आउने व्यवस्था मिलाउन उहाँले आग्रह गर्नुभयो । चालु आवमा खर्च नहुँदा बजेट बढ्न गएको बताउँदै उहाँले खर्च गर्न नसक्नु सरकारको असफलता भएको बताउनुभयो । सदस्य धनमाया पोखरोल लामाले बजेट परम्परावादी भएको टिप्पणी गर्नुभयो ।
बजेटले स्वास्थ्य, शिक्षा कृषिमा बढी चर्चा गरे पनि त्योअनुरुप बजेट आउन नसकेको उहाँको धारणाा थियो । कोरोना प्रभावित वैदेशिक रोजगारी गुमाएका र यही रोजगारी नभएका व्यक्तिका लागि बजेटले बोल्न नसकेको उहाँले उल्लेख गर्नुभयो ।
गोरखाको चुमनुब्रीको विकास गर्दै त्यसको पर्यटकीय विकास एवं चीनसँग व्यापारिक नाका जोड्नका लागि उहाँले ध्यानाकर्षण गराउनुभयो । सदस्य मीना गुरुङले बजेट सही कार्यान्वयन हुनसकेमा यसले समृद्धि प्राप्त गर्न सम्भव हुने बताउनुभयो ।
बजेटले कोरोनाका कारण रोजगारी गुमाएका व्यक्तिका लागि लागि सीप, पूँजी र प्रविधि अभिवृद्धिका लागि रु १८ करोड छुट्याएको बताउनुभयो । अनुत्पादक लगानी र खर्चलाई कटौती गर्दै सरकारले रोग भोक र शोकको समस्याको समाधानलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । बजेट समाजवाद उन्मुख रहेको गुरुङको भनाइ छ ।
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
ऐरीलाई उछिन्दै भुर्तेल बने टी२० अन्तर्राष्ट्रियमा धेरै रन बनाउने नेपाली खेलाडी
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै
टिकटकर तुलसी अधिकारीविरुद्धको मुद्दामा थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
हत्कडी र थुनुवा पोसाकमा अदालत पुर्याइइन् टिकटकर तुलसा: आजै थुनछेक आदेश आउने
प्रतिक्रिया