राजधानी दाङमा राख्‍ने प्रस्तावले प्रदेश ५ को संसदमा ताेडफाेड

बुटवल-प्रदेश ५ को स्थायी राजधानी दाङमा राख्‍ने प्रस्ताव प्रदेश सरकारले गरेपछि प्रदेश सभा संसदमा ताेडफाेड भएको छ ।

प्रतिपक्षी कांग्रेसका सांसदहरुले सोमबार बसेको प्रदेश संसदको दोस्रो बैठकमा कुर्सी सहितका फर्निचर तोडफोड गरेका छन् ।

प्रतिपक्षी कांग्रेससहितका सांसदहरुले सभामुख पूर्णबहादुर घर्ती मगरले दोस्रो बैठक सुरु गरेलगत्तै रोस्ट्रम घेरेर तोडफोडमा उत्रिएका थिए ।

सांसदहरुले बैठक कक्षाका कुर्सी उठाउँदै तोडफोड गरेका हुन् ।

प्रतिपक्षीको तोडफोड र नाराबाजीकाबीच दाङलाई राजधानी कायम गर्नुपर्ने प्रस्ताव प्रदेश सरकारले संसदमा पेश गरेको छ ।

यससँगै यो प्रस्तावमा अहिले छलफल भइरहेको छ।