दशैँमा बली नचढाउने निर्णय

धनुषा- यस वर्षको दशैँमा बलि नचढाउने निर्णय भएको छ । कोरोनाभाइरसको महामारीलाई मध्यनजर गर्दै बलि नचढाउने निर्णय भएको हाे ।

यसवर्षको दशैँमा जिल्लाभित्रका कुनै पनि मठ मन्दिरमा बलि नदिने निर्णय धनुषाका राजनीतिक दलका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान र विभिन्न स्थानीय क्लबका प्रतिनिधिको उपस्थितिमा सोमबार बसेको बैठकले गरेको हो ।

यस्तै भिडभाड हुने क्रियाकलाप नगर्ने, प्रथा परम्परा धान्न संक्षिप्त क्षमा पूजा गर्ने निर्णय भएको भन्दै प्रशासनले सोही अनुसार गर्न जिल्लाका सम्पूर्ण जनसमूदायलाई अपील गरेको छ ।