करेन्ट लागेर मृत्यु

रुपन्देही - शुद्धोधन गाउँपालिका-३ दोगाना बस्ने ४० वर्षीय तारा सिंह थारुको करेन्ट लागेर आइतबार मृत्यु भएको छ । सोही गाउँपालिका-४ फर्साटिकर बस्ने राधा आचार्यको निर्माणधिन घरमा करेन्ट प्लास्टरको काम गर्ने क्रममा नाङगो तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।