बुटवल उपमहानगरमा बाढीले चार घर बगायाे

बुटवल-शुक्रबार राति आएको बाढीले रूपन्देहीमा चार घर बगाएको छ ।

बुटवल उपमहानगरको लक्ष्मीनगरको डाँडामा सुखौरा खोलामा आएको बाढीले कम्तीमा ४ वटा घर बगाएको प्रहरीले जनाएकाे छ ।

मध्यरातिबाट बिहानसम्म प्रहरी उद्दारमा खटिएका कारण घटनाको सम्पूर्ण विवरण प्राप्त नभइसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रतीकसिंह राठोरले बताएका छन् ।

उनका अनुसार बुटवल उपमहानगरकै रानीगञ्ज क्षेत्रमा तिनाउ नदीले कटान गरेर क्षती पुर्‍याएको छ ।