सप्तरीका नदीमा बहाव तीव्र, सप्तरी र सिरहामा थप वर्षा हुने सतर्क रहन आग्रह

सप्तरी - लगातार वर्षाका कारणले सप्तरीका खोलाहरूमा बहाव बढेपछि तटीय बस्तीहरू जोखिममा परेका छन् । जिल्लाका खाडो, महुली, बलान, त्रियुगा, जितालगायत नदी–खोलामा बाढी आएको छ । तीन दिनदेखि लगातार परेको पानीका कारणले सवारी साधन आवागमनमा समेत समस्या भएको छ । मौसम विभागले पनि सप्तरी र सिरहामा थप वर्षा हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । पछिल्लो ३ घण्टामा राजविराज, बरमजियालगायत सप्तरीको धेरै स्थान र सिरहाका केही स्थानमा ठूलो वर्षा भएको छ।