गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दै
काठमाडाैँ। गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
त्यसअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर सदनको कार्यसूची तय गर्ने प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिए ।गत असार २२ गतदेखि स्थगन भएको प्रदेशसभा बैठक आज बस्न लागेको हो । बैठकमा प्रदेशसभाका विषयगत समिति गठनका विषयमा छलफल हुने बताइएको छ ।
प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि विषयगत समिति अझै गठन हुन सकेको छैन ।प्रदेशसभा नियमावलीको प्रावधान अनुसार प्रदेशसभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानुन र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहने प्रदेशसभा सचिवालयले जनाएको छ।
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
२१ करोड सम्पत्ति शुद्धीकरण मुद्दा: ४० वकिलको बहसपछि पनि टिकटकर तुलसी अधिकारी…
राप्रपा नेता लोहनीले छाडे पार्टी
मालिकार्जुनका केही बस्तीमा अझै पुगेको छैन खानेपानी, ‘पानी देऊ’ भन्दै बित्दैछ…
राष्ट्रपति कार्यालयबाट चोरिएका हात्तीका दाह्रासहित ५ जना पक्राउ, लागुऔषध पनि ब…
ओलीको आक्रोश: आगो लगाएर खरानी बनाएको ठाउँमा मेरो सम्पत्ति विवरण माग्ने ? खरा…
लेबनानमा इजरायली आक्रमण : ६ जनाको मृत्यु
प्रतिक्रिया