प्रदेश नं १ मा २६१ सङ्क्रमित निको भए, ६४ थप
प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २६१ जना कोरोना भाइरस सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या २७ हजार ६१७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा यो प्रदेशमा २२ महिला र ४२ पुरुष गरी कूल ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा मोरङका २८ मध्ये विराटनगरका २०, झापा १७, सुनसरी ११, सङ्खुवासभा तीन, उदयपुर एक र प्रदेशबाहिरका चार जना छन् । योसँगै यो प्रदेशमा हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या २९ हजार ६९९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७०१ जनाको पिसिआर परीक्षण गरिएको छ । योसँगै यो प्रदेशमा अहिलेसम्म दुई लाख सात हजार ७३७ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
कोभिडका २४ वटा मुद्दाको फैसला एकबर्षसम्म पनि तयार भएनन्
बढ्दै कोरोना संक्रमण : आठ दिनमा २१ संक्रमित फेला
जर्मनीमा एक व्यक्तिले लगाए २१७ पटक कोरोना खोप !
विश्वको नम्बर–१ एप इन्स्टाग्राम
कोभिड –१९ को जोखिम निरन्तर बढ्दै गएको डब्ल्यूएचओको भनाइ
वीरगञ्ज नाकामा दुई व्यक्तिमा भटियाे कोरोना
थप ७६० मा सङ्क्रमण पुष्टि
प्रतिक्रिया